आईएमईलाई उत्कृष्ट करदाता सम्मान



काठमाडौं, (नेस)
रेमिटेन्स कम्पनी आईएमईले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ। आन्तरिक राजस्व विभागले पाँचौं कर दिवसको अवसरमा आईएमईले उक्त सम्मान प्रदान गरेको हो।

रेमिटेन्स कम्पनीहरूमध्ये गएको आर्थिक वर्ष २०७१⁄७२ मा सबैभन्दा बढी कर तिरे वापत अर्थमन्त्री कृष्णबहादुर महराले आईएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गर्नुभएको हो। आईएमईले यो सम्मान विगत तीन वर्षदेखि निरन्तर पाउँदै आएको छ।

कम्पनीले ७५ जिल्लाका ५२ सयभन्दा बढी शाखा⁄सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्