नेप्सेमा ४ दशमलव ३७ अंकले गिरावट



काठमाडौं, (नेस) साताको दुई दिनसम्म लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन भने सामान्य गिरावट आएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ दशमलव ३७ अंकले गिरावट आई १७०१ दशमलव ९१ को विन्दुमा कारोबार बन्द भएको छ। यस दिन १३९ कम्पनीको ९ लाख ४६ हजार ४ सय ११ कित्ता शेयर ४ हजार ४ सय ९० पटक खरिद बिक्री हुँदा ८० करोड ९८ लाख ६१ हजार रुपियाँ बराबरको कारोबार भएको छ।

यस दिन विकास बैंक, उत्पादन र अन्य समूह बाहेक सबै परिसूचकमा गिरावट आएको छ। वाणिज्य बैंक समूहमा ६ दशमलव ८९ अंकले, होटल समूहमा ३३ दशमलव २ अंकले, हाइड्रोपावर समूहमा ३० दशमलव ५४ अंकले, फाइनान्स समूहमा १ दशमलव १२ अंकले र बीमा समूहमा २३ दशमलव शून्य ६ अंकले शेयर मूल्यमा गिरावट आएको छ भने विकास बैंक समूहमा १ दशमलव ९१ अंकले, उत्पादन समूहमा ३ दशमलव ९९ अंकले र अन्य समूहमा ८ दशमलव ९६ अंकले शेयर मूल्य बढेको छ।

यस दिन धेरै कारोबार गर्नेमा एभरेस्ट बैंकको १७ करोड ३४ लाख ५८ हजार रुपियाँ, बैंक अफ काठमाडौं लुम्बिनीको ४ करोड ६२ लाख ४५ हजार रुपियाँ, नेसनल लाइफ इन्स्योरेन्सको ३ करोड ९२ लाख २१ हजार रुपियाँ र कुमारी बैंकको ३ करोड ३३ लाख ९१ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन ग्रामीण विकास बैंकको लगानीकर्ताहरूले सर्वाधिक कमाएको छन्। बैंकको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले शेयर मूल्य बढेको थियो। त्यसैगरी महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताहरूले गुमाएका छन्। बैंकको शेयर मूल्य १० प्रतिशतले घटेको थियो।

प्रतिक्रिया दिनुहोस्