रसुवामा १० हजार नयाँ घर बने

0
Shares

सरस्वति न्यौपाने, रसुवा ।
भूकम्प पछिको पुनस् निर्माण अन्तरगत रसुवा जिल्लामा १० हजार भन्दा वढि घर निर्माण भएका छन ।
रास्ट्रिय पुनस् निर्माण प्राधिकरण अन्तरगतको रसुवा इकाई ले दिएको जानकारी अनुसार सूचिकृत भएका १२ हजार ४९२ लाभग्राही मध्ये १० हजार ३३६ ओटा निजी आवाश निर्माण सम्पन भएको हो। ती मध्येकाआठसय ७९ ओटा घर भने गैसस हरूको आर्थिक सहयोग र पुनस् निर्माणको अनुदान वाट नौहजार ४५७ घर निर्माण भएको हो। दुइसय १९ ओटा घर भने प्रवलिकरण गरिएको छ।

भूकम्प वाट सूचिकृत भै आवाश निर्माण गर्न वाँकी रहेका दुइहजार १५६ धर भने नौसय ९९ लाई पुर्नरस्थापना गर्नु परेको , चारसय २८ जना लाई उपयुक्त ठाउँको घडेरी खोजी कार्य भै सकेको र ११५७ घरको हकमा व्यस्थापन कार्य भै रहेको वताइएको छ ।

निजी आवाश पुनस् निर्माणको प्रगती भने समग्रमा ७६ प्रतिशत पूरा भएको रास्ट्रिय पुनस् निर्माण प्राधिकरण रसुवा इकाईका प्रमुख भरत कुमार थापाले वताए। उन्ले भने पुनः निर्माण अन्तरगत रसुवा जिल्लामा तीन अर्व २४ करोड ३४ लाख ५० हजार खर्च भै सकेको पनि थापाले जानकारी दिए ।
भौर्गभिक अवस्था जोखिम भै आफ्नो थातथलो छोडी साविक हाकु को गोगने तिरूवाट विस्थापित रूपमा वेत्रावति नजिक खाल्टे वगरमा वसोवास गर्ने २५० भन्दा वढि परिवार भने स्थायी रूपले काहाँ वस्ने अझै टुङ्गो लागेको छैन। पुनस् निर्माण प्राधिकरण भन्छ तिरूमा एकीकृत वस्ति वनाउछौ फर्केर थातथलो जाउँ ।

स्थापित परिवार भन्छन हामी जोखिम भीरपाखा छेडेर समथर भूभागमा वसेको ४ वर्ष हुन लाग्यो । अब वेशीको समाजमा घुलमिल भै सक्यौ , बाल(वलिका ले वेत्रावती स्कुल वाट गुणस्तरिय शिक्षा पाईरहेका छन। हामी लाई यहि क्षेत्रमै पुर्नरवास मिलाउनु प(यो । तिरू गएपनि ४ आना वेत्रावती वसेपनि ४ आना जग्गा राज्यले व्यवस्था मिलाउँने हो विस्थापित र राज्य पक्षका अधिकारी विचको यस्तो दोन्द्वले गोगने ,मैलुङका विस्थापित परिवार स्थायी वासको अन्योलमा रहेको वुद्विजिवी हरू वताउँछन।

अहिले हाकु ,गोगने वाट विस्थापित भै उत्तरगया गाउँ पालिकाको ५ नंवर वडा खाल्टे वगरमा आ आफुले वनाएको टहरोमा कस्टकर जीवन विताई रहेको विस्थापित मध्येका आशावीर तामाङले वताए।उन्ले भने हामी जमिन भाडामा लिएर वसोवास गर्दै दैनिक मजदुरी गरेको ज्यालाले भाडाको रकम तिर्दै आएका थियौ ।

तत्कालिन समयका रास्ट्रिय पुनस् निर्माण प्राधिकरणका प्रमुख, धुर्मुस , सुन्तली सहितका टोली एक गैससले चार्टर गरेको हेलिकोप्टर वाट आइ खाल्टेवगरमा बाँस वस्न लगाए। वनाएको छाप्रो भत्काई पुनस् वनाइयो ।

पछिल्लो समय भूकम्पविद्ले त्यो वगरको ठाउँ जोखिम भने पहिला हामी लाई त्यो ठाउँमा किन राखियो अब राज्यले तेहि क्षेत्रको अर्को स्थानमा बाँस मिलाई दिन सामुहिक माग रहेको आशावीर ले वताए ।
रासस