सुनील महर्जन, ललितपुर
जुनसुकै बेला भत्किन सक्ने पाटन दरबार क्षेत्रमा अवस्थिति भिमसेन मन्दिरको पुनःनिर्माण अन्यौलमा परेको छ । स्थानीयवासीकै अगुवाईमा मन्दिर पुनःनिर्माण गर्ने घोषणा गरेर काम अघि बढाउन लाग्दा समेत पुरात्तत्व विभागले स्वीकृत नदिएपछि पुनःनिर्माण अन्यौलमा परेको हो ।
स्थानीयवासीकै अगुवाईमा निर्मित समितिले मन्दिर पुनःनिर्माणमा लाग्ने खर्चको विवरण पुरात्तत्व विभागमा पठाइसकेको छ । पुनःनिर्माणमा चार करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक आकंलन गरिएको छ । अहिले ‘सीड मनि’को रुपमा संघले १० लाख रुपैयाँ राखिसकेको समितिका अध्यक्ष महर्जनले बताउनुभयो। मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पँर्ण खर्च ललितपुर महानगरपालिका, स्थानीय व्यवसायी र दाताहरुको सहयोगमा उद्योग वाणिज्य संघले गर्ने पनि घोषणा गरिसकेको छ । समितिले पुनःनिर्माणका लागि धार्मिक विधिपँर्वक क्षमापुजा पनि गरिसकेको छ ।
तर, अहिले विभागले स्वीकृति नदिएपछि निर्माणबारे अन्योल उत्पन्न भएको हो । ‘स्थानीयले बनाउँछु भन्दा पनि सरकार उदासीन भएका’े ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष एवं मन्दिर पुनर्निर्माण समिति संयोजक कृष्णलाल महर्जनले भन्नुभयो ‘मन्दिर विभागको स्वीकृति पखिरहेका छौं,’।
समितिले ललितपुर महानगरपालिका मार्फत मन्दिरको अवस्था बारे प्रधानमन्त्री, संस्कृति मन्त्रालय र भारतीय दँतावासमा पनि लिखित रूपमा पत्राचार गरिसकेको छ । पुरातŒव विभाग महानिर्देशक भेषनारायण दाहालले स्थानीयस्तरबाट प्राप्त पत्रका बारेमा निर्णय गर्ने अधिकार विभागलाई नभएको बताउनुभयो ।‘संस्कृति मन्त्रालयमार्फत परराष्ट्र हुँदै राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पठाएका छांै,’ उहाँले भन्नुभयोे ।
अनौपचारिक छलफलमा पुनःनिर्माण जिम्मा संघलाई दिन विभाग सकारात्मक भएको थियो । त्यसलगतै ललितपुर उद्योग वाणिज्य संघले पुनःनिर्माणको जिम्मा स्थानीय दिन औपचारिक पत्र विभागमा बुझाएको थियो। ‘त्यतिबेलासम्म विभागले मन्दिरको पुनःनिर्माणको जिम्मा भारतीय दँतावासलाई दिने निर्णय गरिसकेको रहेछ ।’दुतावासले अहिलेसम्म औपचारिक जवाफ पठाएको छैन ।’ विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो ।
भँकम्पले सो मन्दिर क्षतिग्रस्त भएको थियो । जुनसुकै बेला भत्किने सक्ने खतरा रहेकोले हाल सो मन्दिर वरपर बाटो फलामको बार राखेर बन्द गरिएको छ । मन्दिरको माथिल्ला तलामा गाह्रो थाम्ने थाम, दलिन र बिम भाँच्चिएको छ । भित्ताहरू चिराचिरा परेका छन् । उत्तरपट्टि ढल्केको छ । युनेस्कोबाट आएका इटालियन विशेषज्ञले मन्दिर अत्यन्त जोखिमपँर्ण रहेको भन्दै तत्काल पुनर्निर्माण गर्न विभागलाई सुझाव दिएको थियो । प्राविधिक टोलीले मन्दिरका भित्तामा खतराको सँची चिन्ह लगाइएको छ । दुई साताअघि भारतीय दँतावासबाट प्राविधिक टोली आएर चेकचाज गरेका थिए ।
भिमसेन मन्दिरलाई स्थानीय उद्यमी, व्यवसायीहरुले आराध्य देवताको रुपमा पुज्ने गर्दछ । भिमसेन मन्दिरको दर्शन र पुजाआजा गर्नाले व्यापार फलिफाप हुने आम व्यवसायीको विश्वास रहेको छ । भँकम्प गएको डेढ वर्षदेखि पुनःनिर्माणका जिम्मा दिन ललितपुर उद्योग वाणिज्य संघले पुरात्तत्व विभागलाई घचघच्याउँदै आएको थियो । त्यतिबेला संघको अध्यक्ष सविन श्रेष्ठको अग्रसरतामा पुरात्तत्व विभागसंग पनि अनौपचारिक रुपमा पटक पटक छलफल गरिएको थियो ।
अहिले भारतीय जवाफ नआएको भन्दै पुनःनिर्माणका लागि स्वीकृति दिएको छैन ।स्थानीयले बनाउँछु भनेर भन्दा पनि विभागले आलटाल गर्दै आएकोमा संघका निवर्तमान अध्यक्ष श्रेष्ठले आक्रोश पोख्नुभयो ।
।स्थानीयले पुनःनिर्माण गरेमा भारतीय सरकारलाई कुनै आपत्ति नहुने जवाफ दुतावासले दिएपछि महानगरपालिकाले मन्दिरको पुनःनिर्माण स्थानीयले गर्ने आशय पत्र भारतीय दुतावासमा बुझाएको थियो ।‘विभागले एउटा लागत इष्टिमेटसहित डिपीआर पठाएपनि पुनःनिर्माणको विषयमा नेपाल सरकार र भारत सरकारबीच गम्भीर रुपमा कुराकानी भइरहेको देखिएन ।’ ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले भन्नुभयो ‘ यसले गर्दा मन्दिर पुनःनिर्माणको कार्य अझै दुई वर्ष पछाडि धकेलिन स्थिति रह्यो ।यस्तो स्थितिमा स्थानीयलाई जिम्मा दिँदा नै काम चाँडो हुने छ ।’
संघले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई भेटेर पनि पुनःनिर्माणको जिम्मा दिन आग्रह गरिसकेको छ । अहिले मन्दिरमा जुनसुकै बेला पनि भत्किन सक्ने भन्दै फलामको टेको लगाएको छ । मन्दिरमा हुने भजन कीर्तन बन्द छ । सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाएको छ । दैनिक हुने नित्य र आरती पँजा ठप्प छ । मन्दिरको उत्तरपट्टि सर्वसाधारण हिँड्ने बाटो पनि बन्द गरिएको छ ।
पाटन दरबार क्षेत्रमा भँकम्पले क्षतिग्रस्त चार नारायण, विश्वेश्वर, हरिशंकर मन्दिर पुनर्निर्माणको क्रममा छन् । भीमसेन मन्दिर मात्र अलपत्रमा परेको हो । ललितपुर महानगरपालिका –१६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले सरकारको सहयोगमा बनाउने भनेर स्थानीयले धेरै पर्खिसकेको बताउँदै अहिले स्थानीय बनाउँछु भनेकोले जति चाँडो पुननिर्माणको लागि स्वीकृति दिनुपर्नेमा जोड दिनुभयो ।मन्दिरको भत्किएर धनजनको क्षति नहोस् । जनप्रतिनिधिको रोहवरमा स्थानीय समितिले पुनःनिर्माणको जिम्मा लगाउनु नै विभागको बुद्धिमानी कार्य हुनेछ ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ।
मन्दिरको ७० प्रतिशत सामान पुनः प्रयोग हुने अवस्थाका छन् । पाटनमा परम्परादेखि चीनको खासा, ल्हासा, भुटानको थुम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीहरूको पुरानो थलो हो । मन्दिर सिद्धिनरसिंह मल्लको पालामा बनेको हो । तीनतले मन्दिरको माथिल्लो तलमा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालामा बनाइएको भीमसेनको मँर्तिसंग्रह गरेर राखिएको छ । हाल मन्दिरको पहिलो तलामा राखिएको भीमसेनले दुशासनलाई वध गरेको आकृतिको मँर्ति योगनरेन्द्र मल्लको पालामा राखिएको हो । मन्दिरमा भीमसेन, द्रौपदी, काली, भैरव र दुशासनको बहुमँल्य गरगहनासमेत रहेका छन् ।
भँकम्पले क्षतिग्रस्त पाटनका अन्य पाँच सम्पदा कृष्णमन्दिर, विश्वनाथ मन्दिर र चारनारायण मन्दिर पुनःनिर्माणको जिम्मा काठमाडौं उपत्यका संरक्षण कोष ‘केभिपिटी’ ले लिइरहेको छ ।त्यसमध्ये मणिमण्डपका दुई पाटी, कृष्णमन्दिरको पुनःनिर्माणको कार्य सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया