देशका विभिन्न भागमा बम विस्फोटनका घटना बढ्न थालेपछि प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ। आइतबार मोटरसाइकलका यात्रुलाई रत्नपार्कनजिकै चेकजाँच गर्दै सुरक्षाकर्मी। तस्वीरः अनिल आङ्देम्बे
ललितपुरको सुनाकोठीमा एक महिला परालबाट सुकुल बुन्दै । धान काटिसकेपछि बाँकी हुने परालबाट सुकुल जुत्ता बनाउने गरिन्छ । तस्वीर ः उजोल डंगोल/ललितपुर
शिव सेना नेपाल र ॐ रक्षा वाहिनीद्वारा हिन्दुराष्ट्र नेपाल र राज संस्थाको पुनःस्थापनाको माग राख्दै पशुपतिको वनकालीबाट नौमती बाजासहित निकालिएको र्याली। तस्वीर ः अनिल आङ्देम्बे÷काठमाडौं
तस्विरः मधुसुदन रायमाझी नेपाल समाचारपत्र, काठमाडौ । आज बिहान निधन भएका दाहाललार्इ श्रद्धाञ्जलीका लागि अहिले माओवादी केन्द्र पार्टी कार्यालयमा राखिएको छ। दाहाललाइ श्रद्धाञ्जली दिनका लागि नर्भिक अस्पतालदेखि माओवादी केन्द्र पार्टी
अर्को केबलकारको तयारी ः दोलखाको कुरी बजारदेखि कालिन्चोक मन्दिरसम्म केबलकार जडानका लागि तयारी गरिँदै छ। आउँदो नयँँ वर्षसम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएको निर्माणकर्ता कम्पनीको भनाइ छ।
आर्मीकी इराले शुक्रबार प्रतियोगिताको चौथो चरणमा एपीएफकी इन्द्रकला श्रेष्ठलाई ६–०, ६–० ले हराएकी हुन् । तस्वीर ः उजोल डंगोल, काठमाडौं
बालाचर्तुदर्शीका दिन शुक्रबार बागमती नदीमा भक्तजनले चढाएको भेटी चुम्बकीय सहायताले खोज्दै एक बालक । तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं
नेपाल उद्योग परिषद्ले फस्ट एण्ड सुलिमानसँगको साझेदारीमा आयोजना गरिएको ‘नेपाल बिजनेश एक्सिलेन्स अवार्ड २०१७’ मा सुपर प्लाटिनम अवार्ड ग्रहणपछि सिप्रदी ट्रेडिङका प्रतिनिधि सामुहिक तस्वीर खिचाउँदै। तस्वीरः अनिल आङदम्वे⁄काठमाडौं
ब्रह्मकुमारी राजयोग सेन्टर नेपालले आयोजन गर्न लगेको सकारात्मक जीवन शैली नामक योग कार्यक्रमका लागि पशुपति परिसरमा बनाइएको शिवलिंग । तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं
ललितपुरस्थित इमाडोलमा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार चन्द्र महर्जन स्थानीयसँग आशिर्वाद लिँदै। तस्वीरः उजोल डंगोल⁄ललितपुर
भक्तपुरको सिद्धिपोखरीबाट देखिएको अस्ताउँदै गरेको सूर्य । तस्वीरः किरण न्हिसुतु⁄काठमाडौं
तस्वीर ः किरण न्हिसुतु/काठमाडौं
उपरथीमा पदोन्नति हुनुभएका शशीबहादुर सिंहलाई दज्र्यानी चिह्न प्रदानपछि हात मिलाउँदै प्रधान सेनापति राजेन्द्र क्षेत्री।
भक्तपुरको तलाछिँमा खेतबाट भित्त्याइएको धान सामूहिकरूपमा सुकाउने क्रममा । तस्वीरः किरण न्हिसुतु⁄काठमाडौं
थान्का कोर्न व्यस्त भक्तपुरका एक कलाकार। नेपाल थान्का चित्रकलाको कलाभण्डार हो। नेपालमा मध्यम खालको थान्काको ५० हजार रुपियाँभन्दा बढी पर्ने गर्छ। तस्वीरः मोनिका मल्ल
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आफ्नो चुनावी अभियानको क्रममा भीमसेनगोलामा तस्वीरः अनिल आङ्देम्बे
आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि विभिन्न जिल्लामा निर्वाचन सामग्री पठाउने तयारी गर्दै आयोग । तस्वीरः मोनिका मल्ल⁄काठमाडौं
विदेशी पर्यटकलाई स्वागत गर्न आइतबार भक्तपुरको पाँचतले (न्यातपौल) मन्दिर सजाइँदै । तस्वीरः किरण न्हिसुतु⁄भक्तपुर