दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दलजितसिंह धामी निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् । मतगणना परिणामअनुसार
उदयपुर । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मेजर राई विजयी भएका छन् । उनी ०७४ सालका पनि विजयी भएका हुन् । आइतबार दिउँसो सकिएको मतगणनामा
तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा यादवबहादुर खापुङ र उपाध्यक्षमा गीतादेवी तिम्सीना दोहोरिएका छन् । अध्यक्ष उम्मेदवार खापुङ नेकपा (एमाले)का उम्मेदवार हुन् भने उपाध्यक्ष तिम्सिना नेपाली कांग्रेसकी उम्मेदवार हुन् ।
काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको हाइओवरटेक कायमै छ ।
चितवनको भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ ।
भतपुर महानगरपालिकामा रोचक प्रतिस्पर्धा भइरहेको छ ।
रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् ।
स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्रअन्तर्गत सिद्धकाली माविमा गोली लागेर एक कर्मचारी घाइते भएकी छन् ।
स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ ।
देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं । सप्तरीको डाक्नेश्वरीमा स्थगित भएकाे मतदान १ जेठमा हुने भएको छ । डाक्नेश्वरी नगरपालिका-२ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुन लागेकाे हाे । मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान
जिल्लाको दक्षिणी क्षेत्रस्थित धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा नेपाली सेना परिचालन गरेर मतदान सुरू भएकाे छ ।
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेपछि निर्वाचन आयोगले उनलाई चौबिस घण्टे स्पष्टीकरण सोधिसकेको छ ।
सप्तरीको एक मतदानस्थलमा तोडफोड भएपछि मतदान स्थगित भएको छ।
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ माईकोट मावि ‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारी सन्जिब थापा अन्यत्र मतदान गर्न गएको विषयमा विवाद हुँदा मतदान प्रक्रिया रोकिएको छ । उनी आफ्नो
आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् ।
अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ ।
काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
निर्वाचन आयोगले अपरान्ह दुई बजेसम्म देशभर करिव ४१ प्रतिशत मत खसेको जनाएको छ ।