काठमाडौँ ।
नेकपा (एमाले)को राष्ट्रिय भेला आज काठमाडौँको थापाथलीस्थित कार्की ब्याङ्क्वेटमा हुँदै छ। भेलामा देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी हुँदै छन्।
भेलाको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली कार्यक्रमस्थल पुगिसकेका छन्। अहिले प्रतिनिधिहरूको हाजिरी र परिचयपत्र वितरण भइरहेको छ।
भेलामा पार्टीको राजनीतिक कार्यदिशा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने छ। साथै, जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थाबारे पनि समीक्षा गरिनेछ।
भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ।











प्रतिक्रिया