एनपीएल इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज हुने इलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेल जित्ने टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

दोस्रो क्वालिफायरमा विजेता टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। अंक तालिकामा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन्।