रौतहटमा नाइ एमएमका २७ राउण्ड गोली बरामद, दुई जना भारततर्फ फरार

0
Shares

रौतहट ।

रौतहटको सदरमुकाम गौरबाट प्रहरीले ९ एमएमका २७ राउण्ड गोली बरामद गरेको छ। नेपाल–भारत सीमा क्षेत्रको गौर स्थित कानुपट्टि बाट झोला बोकेका शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने क्रममा उनीहरुले फालेर भागेको अवस्थामा बरामद गरेको झोलाबाट नाइन एमएमका २७ राउण्ड गोली बरामद भएको छ।

नेपाल प्रहरीको भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले मङ्गलवार राति गर्न खोजेका व्यक्तिहरू भारततर्फ भाग्ने क्रममा सीमावर्ती क्षेत्रमा छाडेको झोलाबाट उक्त गोली बरामद गरेको हो। रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित नेपाल–भारत सीमाबाट करिब २०० मिटर पूर्व तथा नेपालतर्फको भित्री सडकमा राति करिब १०ः५० बजे गस्तीमा रहेको संयुक्त टोलीले भारततर्फ भाग्दै गरेका दुई जना पुरुषलाई देखेपछि शङ्का लागेर नियन्त्रणमा लिन खोज्ने क्रममा उनीहरू झोला छाडेर भागेको जिल्ला प्रहरी कार्यालय गौरगा प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताउनुभयो।

सो क्रममा उनीहरूले टाउकोमा बोकेको सेतो प्लास्टिकको झोला खसेको र जाँच गर्दा झोलाभित्र नाइन एमएमका २७ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय रतौली जनाएको छ। बरामद गोली भन्सार सुरक्षा गार्ड गौरमा ल्याएर राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो।