कावासोती बस दुर्घटना अपडेट : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान (नामावलीसहित)


काठमाडौँ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती नगरपालिका–११, लोकाहामा सोमबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा घाइते हुनेको संख्या ३३ पुगेको छ। दुर्घटनामा घाइते भएका सबै ३३ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौंका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो।

दुर्घटनापछि सुरुमा २५ जना घाइते भएको विवरण सार्वजनिक भएको थियो। थप विवरण संकलन गर्दा घाइतेको संख्या ३३ पुगेको र बसमा चालकसहित ४१ जना सवार रहेको खुलेको हो।

दुर्घटनामा घाइतेमध्ये एक जनालाई भरतपुरस्थित पुरानो मेडिकल कलेज र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि लगिएको छ।

घाइते हुनेहरूको नामावली :

१.जिल्ला कैलाली धनगढी उ.म.न.पा. वडा नं.११ बस्ने वर्ष ३९ को शिवदत्त राना


२.जिल्ला दार्चुला मालिका अर्जुन गा.पा. वडा नं. २ बस्ने वर्ष ३२ को केशव धामी


३. ऐ.ऐ. बस्ने निजको छोरी वर्ष ९ की प्रतिक्षा धामी


४. जिल्ला दार्चुला लेकम गा.पा. ५ बस्ने वर्ष ३४ को दयाकृष्ण जोशी


५.जिल्ला दार्चुला मार्मा गा.पा. २ बस्ने वर्ष १४ की नविना भट्ट


६.जिल्ला बैतडी दौगडा केदार न.पा. ५ बस्ने वर्ष ७८ की धाना चन्द


७.निजको छोरा ऐ.ऐ. बस्ने वर्ष ३९ को प्रेम बहादुर चन्द


८.जिल्ला कैलाली गोदावरी न.पा. वडा नं.१० बस्ने वर्ष ३७ को डम्वर बहादुर माली


९.जिल्ला डडेल्धुरा अजयमेरु गा.पा.वडा नं. ३ बस्ने वर्ष ३२ को महेश पाण्डे


१०.जिल्ला दार्चुला दुहु गा.पा.वडा नं ४ बस्ने वर्ष २० को रोहीत लोथेल


११.जिल्ला कैलाली गोदावरी न.पा. वडा नं. २ बस्ने वर्ष १९ की खेमा मल्ल


१२.निजको दिदि ऐ.ऐ.बस्ने वर्ष २८ की शोभा मल्ल


१३.जिल्ला कञ्चनपुर कृष्णपुर न.पा वडा नं.४ बस्ने वर्ष २० की जेनी राना


१४.जिल्ला डोटी शिखर न.पा. वडा नं. ११ बस्ने वर्ष ३० को बसन्त बलायर


१५.जिल्ला अछाम चौरपाटी गा.पा.२ बस्ने वर्ष १७ को अमित साउद


१६.जिल्ला बैतडी पुर्चौडी न.पा. वडा नं. १ बस्ने वर्ष ३१ को राजेन्द्र जोशी


१७.निजको श्रीमती ऐ.ऐ. बस्ने वर्ष ३० की भागरथी जोशी


१८. निजको छोरी वर्ष २ की रेणुका जोशी


१९.जिल्ला धनुषा मुखियापट्टी मुसहरमिया गा.पा. वडा न .५ बस्ने वर्ष १८ को भानु यादव


२०.जिल्ला दार्चुला लेकम गा.पा. वडा ५ बस्ने वर्ष २८ को रमेश जोशी


२१.निजको भतिजि ऐ.ऐ.बस्ने वर्ष ७ की श्रूती जोशी


२२.जिल्ला बैतडी मेलौली न.पा. वडा नं. २ बस्ने वर्ष २१ को महेश बि.सी.


२३.जिल्ला डडेल्धुरा नवदुर्गा गा.पा.३ बस्ने वर्ष ४२ को डम्वरसिंह साउद


२४.जिल्ला डडेल्धुरा अमरगढी गा.पा. वडा नं. ४ बस्ने वर्ष ४० की गिता कठाएत

२५.जिल्ला डडेल्धुरा अमरगढी गा.पा.वडा नं. ४ बस्ने वर्ष २० की रक्षा कठाएत


२६.जिल्ला कैलाली घोडाघोडी न.पा.२ बस्ने वर्ष २२ की चाँदनी खत्री

२७.जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ बस्ने वर्ष २० की जानु चौधरी


२८.जिल्ला डडेल्धुरा भागेश्वर गा.पा. वडा नं. ३ बस्ने वर्ष २० की पुष्पा भाट


२९.ऐ.ऐ. बस्ने वर्ष २३ की पवित्रा रावल

३०.जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.२ बस्ने वर्ष २५ की प्रिया साउद

३१. जिल्ला डोटी सिलगढी न.पा.१० बस्ने वर्ष १८ को अंकित यादव

३२.जिल्ला डोटी सिलगढी न.पा.१० बस्ने वर्ष २४ की ज्योती बुडाल

३३.निजको भाई ऐ.ऐ. बस्ने वर्ष १५ को धिरज बुडाल रहेका छन् ।

दुर्घटनामा परेको बसका चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० निवासी ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।