काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८३ को अवसरमा छठी माताको पूजाअर्चना गरेका छन्।
आइतबार राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अगाडि बागमती नदी किनारको गौरीघाटमा आयोजित छठ पूजास्थल पुगेका थिए। सो अवसरमा उनले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको विधिपूर्वक पूजा आराधना गरेका हुन्।
राष्ट्रपति पौडेल गौरीघाट पुग्दा सांसदहरू विष्णुदेवी पुडासैनी र पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।











प्रतिक्रिया