कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो ।

कर्णालीका हुसैन तलातले अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे । अरिफुल इस्लामले ३५, गुलशन झाले १८ र पवन सर्राफले १५ रन बनाए।

चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले समान दुई विकेट लिए । सिकन्दर रजा र रिजन ढकालको नाममा एक–एक विकेट रह्यो ।

चितवन प्लेअफमा पुगिसकेको छ भने कर्णालीको प्लेअफ यात्रा यसअघि नै समाप्त भइसकेको छ ।