काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका व्यक्त गरेका छन्। उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग राम्रो सम्बन्ध रहेको बताए पनि निर्वाचन प्रक्रिया शंकास्पद देखिएको टिप्पणी गरेका हुन्।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफूले कुनै उम्मेदवारको पक्ष नलिएको दाबी गरे। उनले मतगणना गर्ने तरिका र निर्वाचनको समयसीमा थपिएको विषयमा प्रश्न उठाउँदै निर्वाचनमा अनियमितता भएको जस्तो देखिएको बताए।
ट्रम्पले ब्राजिल आफ्नो जिम्मेवारीको देश नभएको उल्लेख गर्दै आफू अमेरिकाको शासन सञ्चालनमा केन्द्रित रहेको पनि बताए।
ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला दा सिल्भा चौथोपटक निर्वाचित भएका छन्। उनले लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेको विवरणमा उल्लेख छ।
यद्यपि, निर्वाचनमा धाँधली भएको आशंकालाई पुष्टि गर्ने प्रमाण सार्वजनिक भएका छैनन्।











प्रतिक्रिया