काठमाडौ ।
भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
आइतबार बिहान करिब १ः३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको धान बोकेको ट्रकले ओरालोमा नियन्त्रण गुमाउँदै तीर्थयात्रीहरूलाई ठक्कर दिएको थियो। प्रतिबन्धित सडकमा प्रहरीका अवरोध तोड्दै अघि बढेको ट्रक मन्दिरको बाहिरी पर्खाल र ढोकामा समेत ठोक्किएको थियो।
दुर्घटनामा घाइते ३९ जनालाई अस्पताल लगिएकोमा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा दुई प्रहरी कर्मचारीसमेत घाइते भएका छन्। दुर्घटनाको कारण र प्रहरी अवरोध पार गरेर ट्रक प्रतिबन्धित सडकमा कसरी प्रवेश गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।











प्रतिक्रिया