चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त


काठमाडौँ।

चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

बोर्डको अध्यक्ष पदका लागि ११ जनाले आवेदन दिएका थिए। तीमध्ये पण्डित अध्यक्षमा नियुक्त भएका हुन्।