पदक विजेताको खातामा रकम जम्मा गरियो


काठमाडौं।

आइची–नागोया एसियाली खेलकुद २०२६ मा कांस्य पदक जितेका कराते खेलाडी तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकको बैंक खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ ।
राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार सरकारले पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई प्रदान गर्ने पुरस्कार रकम उनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरेको हो ।

पुरस्कार रकम प्राप्त गरेपछि तेन्जिङका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारको छिटो कामप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकारले निर्धारित र निर्णय गरेको पुरस्कार रकम डिपोजिट भएको जानकारी गराउन चाहन्छु । द्रुत गतिमा काम भएकोमा धन्यवाद नेपाल सरकार ।’

नागोयामा तेन्जिङले करातेको पुरुष ८४ केजीमाथि तौल समूहमा कांस्य पदक जितेका थिए । उनले ६ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । श्रेष्ठले एक लाख ३० हवजार र व्यवस्थापक युवराज लामाले ६५ हजार रुपैयाँ पाएका छन् ।

त्यस्तै, कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीका आठ खेलाडीले जनही एक लाख ९५ हजार रुपैयाँ प्राप्त गरेका छन् । टोलीकी प्रशिक्षक पार्वती राईले एक लाख ३० हजार तथा सहायक प्रशिक्षक लोकबहादुर विष्ट र टोली व्यवस्थापक शरद दर्शनधारीले जनही ६५ हवार रुपैयाँ पाएका छन् ।

Skip This