काठमाडौं ।
सशस्त्र प्रहरी बल, नेपालको एपीएफ इन्टेलिजेन्स ब्यूरोले अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा बसोबास गरिरहेका १० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीका अनुसार उनीहरूलाई आज (बुधबार) काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थानमा बुझाइएको छ।
पक्राउ पर्नेमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल, २९ वर्षीय अब्दुल, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल इस्लाम र ३० वर्षीय बसर खान रहेका छन्।
उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गण हेडक्वार्टर (विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठान सुरक्षा), बाघभैरव, काठमाडौंबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका विदेशी नागरिकको नेपाल प्रवेशसम्बन्धी अवस्था, आवश्यक कागजात तथा अध्यागमन कानुन उल्लङ्घन भए–नभएको विषयमा थप प्रक्रिया अध्यागमन विभागबाट अघि बढाइनेछ।
यस घटनाले राजधानीमा अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकको पहिचान तथा अध्यागमनसम्बन्धी निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतालाई उजागर गरेको छ।











प्रतिक्रिया