मुक्तिनाथ विकास बैंकले पायो तीन विधामा फोनपे अवार्ड


काठमाडौं ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले आयोजना गरेको ‘फोनेपे अनर्स’ कार्यक्रममा तीन विधामा अवार्ड प्राप्त गरेको छ।

बैंकले विकास बैंक समूहअन्तर्गत फोनेपे डाइरेक्ट भोल्युम (इस्युअर), फोनेपे क्यूआर भोल्युम (इस्युअर) र फोनपे क्यूआर भोल्युम (एक्वायरर) विधामा अवार्ड पाएको हो।

बैंकका अनुसार फोनेपे डाइरेक्ट भोल्युम (इस्युअर) विधामा बैंकको मोबाइल एपमार्फत सबैभन्दा धेरै संख्यामा रकम स्थानान्तरण गरेको आधारमा अवार्ड प्राप्त भएको हो। त्यस्तै, फोनेपे क्यूआर भोल्युम (इस्युअर) विधामा मोबाइल एपमार्फत क्यूआरबाट सबैभन्दा धेरै भुक्तानी भएको आधारमा बैंक सम्मानित भएको छ।

यसैगरी, फोनेपे क्यूआर भोल्युम (एक्वायरर) विधामा क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गरेको आधारमा बैंकले अवार्ड पाएको हो।

डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन तथा विस्तारमा पुर्‍याएको योगदानको कदरस्वरूप प्राप्त अवार्डले डिजिटल बैंकिङ सेवाप्रतिको आफ्नो प्रतिबद्धता थप बलियो बनाएको बैंकले जनाएको छ।

यो उपलब्धिले आगामी दिनमा अझ सहज, सुरक्षित र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न प्रेरणा मिल्ने विश्वास बैंकले व्यक्त गरेको छ। साथै, बैंकले उपलब्धिमा साथ र सहयोग गर्ने सम्पूर्ण ग्राहक, साझेदार संस्था तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ।

बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त अवार्डसम्बन्धी जानकारी मिति २०८३ असोज २८ गते सार्वजनिक गरिएको हो।