काठमाडौं (नेस) ।
कदर बचत तथा ऋण सहकारी संस्थाको १७औँ साधारणसभा गत शनिबार सम्पन्न भएको छ। सभाले सुनिल शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

समितिको उपाध्यक्षमा सुर्यतेजरत्न शाक्य, सचिवमा होमबहादुर श्रेष्ठ, कोषाध्यक्षमा रविन्द्र रञ्जित तथा सदस्यमा योजना शाक्य, ज्ञानी मैया महर्जन, अविन्द्रमान शाक्य, सुनिलरत्न शाक्य र बाबुराजा तुलाधर चयन भएका छन्।
त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा जीवनकाजी डंगोल तथा सदस्यमा अर्जुन महर्जन र प्रतिक्षा डंगोल निर्विरोध चयन भएका छन्।
सभामा अध्यक्षले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, कोषाध्यक्षले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजकले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाका अध्यक्ष विरेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न सभामा २०८३ सालमा एसईई उत्तीर्ण गर्ने संस्थामा आबद्ध सदस्यका छोराछोरीलाई सम्मानसमेत गरिएको थियो।











प्रतिक्रिया