गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित


पोखरा ।

गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

पोखरास्थित होटल पोखरा ग्राण्डमा सोमबार सम्पन्न सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावसमेत पारित गरेको छ।

हाल ६ अर्ब २ करोड १३ लाख रुपैयाँभन्दा बढी चुक्ता पूँजी रहेको बैंकको १० प्रतिशत बोनस शेयर वितरणपछि चुक्ता पूँजी ६ अर्ब ६२ करोड ३४ लाख रुपैयाँभन्दा बढी पुग्नेछ।

बैंकले देशभरका १२६ शाखा कार्यालय, ५१ एटीएम तथा डिजिटल बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।