काठमाडौं ।
विभिन्न अधिकारवादी संघसंस्थाहरूले रसुवा, कालीगण्डकी र बूढीगण्डकीलगायतका बाढीपीडितलाई सुरक्षित अस्थायी तथा स्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विस्थापित परिवारको पुनर्स्थापना, जीविकोपार्जनका लागि विशेष प्याकेज, क्षतिको यथार्थ विवरण सार्वजनिक गर्न तथा जोखिममा रहेका नागरिकलाई विशेष संरक्षण दिन माग गरेका हुन्।
संघसंस्थाहरूले बाढी प्रभावितको शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिँदै राहतमा मात्र सीमित नभई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० को बाढीबाट रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवनमा गरी ३२ हजार ९६३ जना प्रभावित भएका थिए।











प्रतिक्रिया