काठमाडौं ।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले एल्सेभियरसँगको सहकार्यमा सार्वजनिक गरेको सन् २०२५ का विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकको सूचीमा ३१ जना नेपाली वैज्ञानिक परेका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिक डा. निरञ्जन कोइरालाका अनुसार उक्त सूचीमा त्रिभुवन विश्वविद्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतका संस्थामा आबद्ध वैज्ञानिकहरू समेटिएका छन्।
सूचीमा त्रिभुवन विश्वविद्यालयका सात जना वैज्ञानिकसहित विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था तथा स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू रहेका छन्। नास्टका वैज्ञानिक डा. कोइराला पनि सूचीमा परेका छन्।
औषधीय वनस्पति, जडीबुटी तथा प्राकृतिक उत्पादनमा आधारित औषधिको अनुसन्धानमा सक्रिय डा. कोइरालाले नेपालको जैविक विविधतामा औषधि विकासको ठूलो सम्भावना रहेको बताएका छन्। उनले नेपाललाई प्राकृतिक उत्पादनमा आधारित औषधिको उत्पादक तथा निर्यातकर्ता बनाउन सकिने धारणा व्यक्त गरेका छन्।
स्ट्यानफोर्ड–एल्सेभियरको वार्षिक सूची स्कोपस डाटाबेसमा आधारित वैज्ञानिक अनुसन्धान तथा बिब्लियोमेट्रिक प्रभावका सूचकहरूको विश्लेषणबाट तयार गरिन्छ।











प्रतिक्रिया