काठमाडौं ।
साताको कारोबारको सुरुवातमा सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंकले बढेर २ हजार ५९५ अंकमा पुगेको छ। अघिल्लो कारोबार दिन नेप्से १७.१५ अंकले बढेको थियो।सोमबार कारोबार रकम घटेर ४ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिन ४ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो। आज १०५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो।समूहगत सूचकतर्फ बैंकिङ १.०१ प्रतिशत र व्यापार समूह १.०२ प्रतिशतले बढे।
जीवन बीमा, विकास बैंक र फाइनान्स समूहमा पनि वृद्धि देखियो। होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूह भने घटेका छन्।आज धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। स्नो रिभर्सको १३.९२ प्रतिशत र बुंगल हाइड्रोपावरको ४.७५ प्रतिशतले मूल्य बढ्यो।
यता रिजलाइन इनर्जीको मूल्य ६.२९ प्रतिशतले घट्दा टक्सार पिखुवाखोला हाइड्रोपावरको ५.४२ प्रतिशतले घटेको छ।कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, साहस ऊर्जा, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक र हिमालयन डिस्टिलरी अगाडि रहे।











प्रतिक्रिया