काठमाडौं।
दसैँको अवसरमा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैँ महोत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिँदै माउन्टेन भिस्टा रिट्रिटमा महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवमा चङ्गा उडाउने, लाइभ म्युजिक, नृत्य, फुड स्टल, फेस पेन्टिङ, पोटरी, जादु तथा स्ट्यान्डअप कमेडीलगायत गतिविधि सञ्चालन हुनेछन्। सहभागीले दसैँ विशेष खानपानका साथै हिटेड स्विमिङ पुल र ज्याकुजीको सुविधा पनि लिन सक्नेछन्।
आयोजकका अनुसार महोत्सवमा पूर्वमिस नेपाल उषा खड्गीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ। नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने तथा पारिवारिक जमघट र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। काठमाडौं उपत्यकाबाट नगरकोट पुग्ने सहभागीका लागि अतिरिक्त शुल्कमा यातायात सुविधा पनि उपलब्ध गराइनेछ।











प्रतिक्रिया