स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त


काठमाडौं ।

स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका छन्।

नवनियुक्त तीनै सदस्यले सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।