प्रस्तावित राजदूत सुनारबारे दुई उजुरीमा कागजात माग


काठमाडौं ।

संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध परेका दुई उजुरीका सम्बन्धमा थप कागजात मगाउने निर्णय गरेको छ।सुनारलाई जर्मनीबाट नेपाल फर्काइएको भन्ने उजुरीबारे समितिले परराष्ट्र मन्त्रालयसँग विवरण माग्ने निर्णय गरेको हो।त्यस्तै, विवाहेत्तर सम्बन्धसम्बन्धी उजुरीमा ललितपुर प्रहरी कार्यालयसँग मिलापत्रको कागजात मागिएको छ।

उजुरीमा उठाइएका विषयको यथार्थ बुझेर आवश्यक निर्णय गर्नुअघि समितिले थप कागजात अध्ययन गर्न लागेको हो। समितिले आज राजदूतका लागि प्रस्तावित व्यक्तिविरुद्ध परेका उजुरीकर्ताहरूसँग छलफल गर्दै सुनुवाइ प्रक्रिया अघि बढाउँदैछ।