काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार अन्तिम मतपरिणाम सोमबार अपराह्नसम्म सार्वजनिक गरिनेछ।सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन् भने महिलातर्फ प्रतिमा गौतमले अग्रता लिएकी छन्।
अन्य समूहको मतगणना पनि जारी रहेको निर्वाचन समितिले जनाएको छ।यसैबीच, जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी भइरहेको संयोजक खड्काले जानकारी दिए।











प्रतिक्रिया