हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ ।

देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ।

लुम्बिनीको हिमाली क्षेत्रमा पनि वर्षा वा हिमपात हुन सक्नेछ।कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा समेत हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।