झापा, भद्रपुर।
विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा नेपाल सामुदायिक विकास केन्द्र (NCDC) को आयोजनामा भद्रपुरमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ३.५ किलोमिटर सामुदायिक दौड सम्पन्न भएको छ।
दौडमा ७०० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो भने ५०० भन्दा बढीले दौडमा भाग लिएका थिए। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वैदिक मन्त्र उच्चारण र लाखे नाचसमेत प्रस्तुत गरिएको थियो।
दौडमा प्रथम भएका प्रविन, दोस्रो भएका अर्जुन तामाङ र तेस्रो भएका सन्दीप कार्कीलाई सहयोगी संस्थाहरूका तर्फबाट गोल्डस्टारका जुत्ता प्रदान गरिएको थियो।
दौडपछि NCDC ले लागुऔषध प्रयोगको समस्यासँग जुधिरहेका व्यक्तिहरूसँग मनोचिकित्सक, अनुसन्धानकर्ता र नेपाल प्रहरीका प्रतिनिधिहरूको उपस्थितिमा गोप्य तथा अनौपचारिक छलफलसमेत आयोजना गरेको थियो। छलफलमा उनीहरूका अनुभव, चुनौती र सम्भावित सहयोगका उपायबारे संवाद गरिएको थियो।
NCDC की कार्यकारी निर्देशक माधवी मरासिनीको नेतृत्वमा सम्पन्न कार्यक्रमले मानसिक स्वास्थ्य र लागुऔषध प्रयोगसम्बन्धी विषयमा खुला संवाद, सहानुभूति र सहयोगको वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।











प्रतिक्रिया