नुवाकोट ।
भदौ १० गते बाढीले बेत्रावतीस्थित फलाखु खोलाका नयाँ र पुराना दुवै मोटरेबल पुल बगाएपछि अवरुद्ध रसुवा–नुवाकोट यातायात सेवा ४७ दिनपछि पुनः सञ्चालनमा आएको छ।पुल बगेको स्थानमा नेपाली सेनाले दुई सातामै बेलिब्रिज निर्माण गरेपछि यातायात सञ्चालनमा ल्याइएको हो।
मोडुलर एक्रो ब्रिज प्रविधिमा आधारित उक्त पुलले रसुवाको उत्तरगया गाउँपालिका–५ र नुवाकोटको विदुर नगरपालिका–१० लाई जोडेको छ।पुल सञ्चालनमा आएपछि लामो समयदेखि यातायात अवरुद्ध हुँदा सास्ती भोग्दै आएका स्थानीयवासी तथा यात्रुले राहत महसुस गरेका छन्। यातायात सम्पर्क विच्छेद हुँदा बाढी प्रभावितको उद्धार, राहत वितरण र दैनिक जनजीवनसमेत प्रभावित भएको थियो।चाडपर्व नजिकिँदै गर्दा पुल सञ्चालनमा आएपछि स्थानीयको आवतजावत तथा दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया