काठमाडौं ।
गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ।
सेनाका अनुसार जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट ९ जना र पायुखबाट १२ जनाको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये एक शिशु र एक विदेशी नागरिकसमेत छन्।
खोज तथा उद्धारका लागि चारवटा हेलिकोप्टरसहित स्थलमार्गबाट पनि नेपाली सेनाको टोली परिचालन गरिएको छ। अन्य सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।











प्रतिक्रिया