बाढीले जगत गाउँ नाकाबन्दीमा, ९ घर बगायो


गोरखा ।

बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित जगत गाउँ नाकाबन्दीमा परेको छ।बाढीले सल्लेरी र कालेभिर क्षेत्रका सडक तथा पैदलमार्ग कटान गरेपछि गाउँका २५ घर आवतजावतबाट विच्छेद भएका छन्।

बाढीले जगत गाउँका ९ घरसमेत बगाएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार बाढी प्रभावित स्थानीय सुरक्षित छन्। गाउँपालिकाले प्रभावितका लागि त्रिपाल र खाद्यान्न वितरणको तयारी गरिरहेको छ।