गोरखा ।
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज निर्माणको तयारी गरिएको छ।बेलिब्रिजका लागि सडक डिभिजन कार्यालय हेटौँडाबाट आवश्यक सामग्री ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ। सामग्री आइपुगेपछि तत्काल निर्माण कार्य सुरु गरिने कार्यालय प्रमुख विनोद पुनले बताए।
बेलिब्रिज निर्माणका लागि नेपाली सेनाको टोलीसमेत फिल्डमा खटिएको छ। रेक्कीका लागि टोली परिचालन भइसकेको र सामग्री आइपुगेपछि काम सुरु गरिने रुद्रध्वज गणका गणपति विरोध रिजालले जानकारी दिए।











प्रतिक्रिया