५ करोड १३ लाखमा तयार भयो जात्राको मुख्य रुद्रायणीभोली मुर्ति प्रतिस्थापन, दशै नमनाउने खोकनामा सिकाली जात्रा शुरु

0
Shares

ललितपुर ।

भुकम्पले पुर्णक्षतिग्रस्त खोकना स्थित रुद्रायणी मन्दीको मूर्ति भोली आइतबार स्थानान्तरण हुने भएको छ । २०७२ साल बैशाख १२ को भुकम्पले क्षतिग्रस्त सो मन्दीर ५ करोड १३ लाखमा पुनः निर्माण भएको हो ।


मन्दीर पुनःनिर्माण गर्न ललितपुर महानगरपालिकाले ४ करोड ९५ लाख र स्थानीय सहयोगीबाट १८ लाख रुपिया सहयोग भएको थियो । त्यसबाहेक स्थानीयबाटै श्रमदान भएको थियो । ललितपुर महानगरपालिका–२१ का अध्यक्ष रविन्द्र महर्जनले स्थानीय समिति, गुठी र विभिन्न निकायको कारण यो दशैमा मन्दीर उद्घाटन गर्ने अवसर मिलेको बताउनुभयो ।

मन्दीर पुननिर्माण गर्न पुरातत्व विभागले बजेट दिने निश्चित भएको थियो ,झन्झटिलो प्रकृयाको कारण पुरातत्व विभागसंग सहयोग इन्कार गरेको बताउनुभयो ।

‘पुननिर्माण गर्न पुरातत्वले बजेट विनीयोजन गरेको थियो । महानगरले सहयोग घोषणा गरेकोले विभागसंग लिएनौ–वडाअध्यक्ष महर्जनले भन्नुभयो । मन्दीर संरक्षण गर्न नेपाल मेडिसिटी अस्पतालले स्काफोल्डिङ उपलब्ध गराएको थियो । स्काफोल्डिङको कारण मन्दीर पुर्ण सुरक्षित भएको थियो ।

मन्दीर पुननिर्माणको विषयमा निर्णय हुन नसक्दा पुर्णक्षतिग्रस्त भएको ६ वर्षपछि पुननिर्माण हुरु भएको हो । बिसं २०७८ भदौ २३ गते पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र ललितपुर महानगरपालिकका प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गरेका थिए ।

शिलान्यास भएको ५ वर्षपछि मन्दीर पुननिर्माण भएको हो । सो मन्दीर आजबाट जात्रा सुरु भएसंगै सर्बसाधारणको लागि खुला हुनेछ । सो मन्दीरको भोली आइतबार बिहान ११ बजे मेयर चिरिवावु महर्जनले सिलान्यास गर्नुहुनेछ ।

वडा अध्यक्ष महर्जनले महानगरपालिकाको सहयोगमा पुननिर्माण भएकोले महानगरप्रमुखबाटै उद्घाटन गर्न लागेको हो । मुर्ति स्थानान्तरण हुनुअघि गुठी र स्थानीयले विशेष पुजा गर्ने भएको छ । मुर्ति स्थानान्तरण हुनुअघि हिजो मन्दीर परिसरमा सररफाई गरिएको थियो ।

अस्थायी आश्रय (फल्चा) मा राखिएका श्री रुद्रायणी भगवानका मूर्तिहरूलाई जगैदेखि पुनःनिर्मित पुरानै मन्दिरमा सार्ने भएको हो । खोकनाबासीका आराध्य एवं इष्टदेवता‘रुद्रायणी मन्दिर पुनःर्निर्माणको भएपछि भोली स्थानान्तरण हुन लागेकोमा खुसी ब्यक्तगर्दै वडाअध्यक्ष महर्जनले भन्नुभयो–गुठी, खोकनावासी देवता खलक लगायतको मुख्य देन छ ।

खोकनाबासीले यस देवीको आराधाना गर्दा दुःख,कष्ट निवारण एवं दुर्घटनाबाट बच्न सकिने विश्वास रहिआएको छ । शक्तिकी देवीका रूपमा पुजीने यस देवीको मन्दिर परिसरमा आश्विन शुल्कपक्ष तृतीयाको दिन जात्रा शुरु भई नौ दिनसम्म लाग्नेछ ।

दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा भोलीबाट शुरु हुदै छ । फूलपातीसम्म मनाईने सो पर्व फूलपातीमा सकिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि हरेकदिन नुहाउने र एकछाक मात्रै खाना खाएका कुमार केटाहरूले दुईदिनसम्म गाउँ परिक्रमा गरेर पूजा सामग्री सङ्कलन गर्छन् ।

जात्रा अवधीमा हरेक दिन खोलामा नुहाएर आएर उखुको लौरो टेक्दै गाउँ परिक्रमा गरेर पूजा सकाउनुपर्छ । जाज्ञामा सहभागी कुमार र देवता खलकले जात्रा अवधीमा थकालीको घरमा सुत्छन । छालाको समान तथा पहिरन प्रयोग गर्दैनन् । लसुन प्याजसमेत खाँदैनन ।
यसरी घटस्थापनाको दिनदेखि दुईदिनसम्म सङ्कलन गरेको पूजा सामग्रीले आश्विन शुक्ल तृतीयाका दिन सिकालीमा पूजा गरिन्छ ।

महानगर वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार भोली रुद्रायणि स्कुलअघि राँगाको बली दिएर कुमार केटाहरूले सिकाली मन्दिर रहेको सिकाली चौरमा पूजा सामग्री लिएर गएका हुन् । शुक्ल तृतीयाका दिन गरिने नित्य पूजा कसैले पनि हेर्न मिल्दैन ।

स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भएअनुसार दक्षप्रजापतिको यज्ञलाई महाकाली र वीर भद्रलगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई तितरवितर पारेको कथाको आधारमा जात्रा मनाईन्छ ।

जात्रा अनुसार घटस्थापनादेखि नै विभिन्न पूजा र विधिवत रूपमा जात्रा सुरु हुन्छ । २६ गते पुजा संकलन गरी सिकाली लैजाने र गुठी जात्रा गरिन्छ २७ गते चोखो राँगो बली दिएर सबै गुठी टोलमा जात्रा बनाईन्छ । २९ गते (मूलजात्रा) माबु द्यो जात्रा, दे खल जात्रा, प्येता खल जात्रा र रुद्रायनी देवगण जात्रा पर्दछ ।

असोज ३० गते सिकाली चौरमा मेला र देसा ट्या (खोकनाभरि देवताको परिक्रमा) गरिन्छ । अन्तिम दिन असोज ३१ गते प्रसिद्ध रुद्रयानी देव नाच प्रदर्शन गरेपछि यो वर्षको सिकाली जात्रा सकिन्छ । जात्रा सकेपछि स्थानीयहरु धान काट्न खेतमा पुगेका हुन्छन् ।