काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीति सत्ता भोग गर्न नभई जनताको सेवा गर्नका लागि भएको बताएका छन्।
शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा देउवा समूहद्वारा गठित ‘१५औँ महाधिवेशन आयोजक समिति’को क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले राजनीतिमा आफूले विश्वास गरेको सत्यमा अडिग रहन र त्यसका लागि मूल्य चुकाउन तयार हुनुपर्ने बताए।
कोइरालाले सत्ताको दुरुपयोग गर्ने व्यक्ति राजनीतिमा आउन नहुने धारणा राखे। उनले मूल्य–मान्यता र विधि–पद्धतिमा आधारित राजनीति कमजोर हुँदै जाँदा सत्ता, शक्ति र पैसा हाबी भएको तथा निर्वाचन महँगो बन्दै गएको बताए।











प्रतिक्रिया