सुर्खेतका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद


सुर्खेत ।

सुर्खेतका दुई स्थानीय तहका तीन छुट्टाछुट्टै जंगलबाट प्रहरीले १८ नाल भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरीका अनुसार चौकुने गाउँपालिका–७ को सान्नेघारी जंगलबाट पाँच नाल, चौकुने गाउँपालिका–१ को धामिसेन जंगलबाट १२ नाल र बराहताल गाउँपालिका–१ को ज्यामिरे जंगलबाट एक नाल भरुवा बन्दुक बरामद गरिएको हो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ती बन्दुक फेला पारेको जनाएको छ।

बरामद भएका बन्दुक कसले, कहिलेदेखि र कुन प्रयोजनका लागि जंगलमा लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।