काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। सभापति पदको मतगणना सकिए पनि अन्य पदाधिकारीको मतगणना भने बाँकी रहेको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारलाई आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। छलफलपछि पदाधिकारीको मतगणना सुरु गरिने तयारी छ।
शुक्रबार भएको मतदानपछि काठमाडौंको राष्ट्रिय सभागृहमा गरिएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् भने ५४ मत बदर भएको छ।
महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।











प्रतिक्रिया