सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त


काठमाडौँ। .

निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाएको छ ।

गत असोज १९ गते निबलम्बनका परेका दाहाललाई बर्खास्त गरेको गृहले जनाएको छ ।

सशस्त्र प्रहरी बलका अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको थियो । त्यसकै आधारमा बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले एक विज्ञप्ति जारी गर्दै आजैबाट सेवाबाट हटाइएको जनाएका छन् ।