एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट र ‘बाइ वान गेट वान’ अफर


काठमाडौँ।

एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पाका विभिन्न स्पा तथा सौन्दर्य सेवामा विशेष छुटसँगै ‘बाइ वान गेट वान’ अफर पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअनुसार ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो।

साझेदारीअन्तर्गत ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन्। अर्थात् दुई जनाले एक जनाको मूल्यमा यी सेवा लिन सक्नेछन्।

त्यस्तै, एक्लै सेवा लिने नेपाली ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन्।

९९ रुपैयाँदेखि ४९९ रुपैयाँभन्दा कम मूल्यका प्याक वा प्लान प्रयोग गर्ने ग्राहकका लागि पनि छुटको व्यवस्था गरिएको छ। युवा तथा अन्य ग्राहकले स्पा सेवामा २० प्रतिशत छुट पाउनेछन् भने पर्यटकले १० प्रतिशत छुट पाउने एनसेलले जनाएको छ।

अफरको लाभ लिन ग्राहकले एनसेल एपमा रहेको ‘पार्टनर्ड सर्भिस’ विकल्पमार्फत ट्रान्क्विलिटी स्पा छनोट गरी सम्बन्धित आउटलेटमा लाभ रिडिम गर्न सक्नेछन्। ग्राहकले खरिद गरेको प्याक वा प्लानका आधारमा एपमा उपलब्ध लाभ देखिनेछ। योग्य नभएका ग्राहकले तोकिएको प्याक वा योजना खरिद गरेर अफर लिन सक्नेछन्।

एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले हालै साझेदारीसम्बन्धी सम्झौता आदानप्रदान गरेका थिए।

साझेदारीबारे एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ग्राहकलाई कनेक्टिभिटीसँगै अन्य क्षेत्रमा पनि थप मूल्य र सुविधा उपलब्ध गराउने उद्देश्यले साझेदारी गरिएको बताए।

एनसेलले ग्राहकलाई थप लाभ उपलब्ध गराउने उद्देश्यले विभिन्न व्यवसाय तथा सेवाप्रदायकसँग सहकार्य गर्दै आएको जनाएको छ।