काठमाडौँ।
नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम) लाई आवश्यक सामग्री सहयोग गरेको छ।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले अत्यावश्यक सामग्री उपलब्ध गराएको जनाएको छ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख दमयन्ती जोशीलगायत बैंक तथा आश्रमका पदाधिकारीहरूको उपस्थिति थियो।
यसैबीच, बैंकले सुनसरीको इटहरी र इलामस्थित आफ्ना शाखा कार्यालय पनि नयाँ स्थानमा स्थानान्तरण गरेको छ। इटहरी उपमहानगरपालिका–१, धरान रोडमा रहेको इटहरी शाखा वडा नम्बर ९ स्थित विष्ट कम्प्लेक्समा स्थानान्तरण गरिएको हो।

त्यस्तै, इलाम नगरपालिका–१ स्थित इलाम बजारमा रहेको इलाम शाखा वडा नम्बर ७ स्थित इलाम बजारमै नयाँ परिसरमा सारिएको बैंकले जनाएको छ। दुवै शाखाको नयाँ कार्यालय परिसर बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत तिवारीले उद्घाटन गरेका छन्।
नयाँ परिसरबाट ग्राहकलाई थप सुविधा र सहजतासहित बैंकिङ सेवा उपलब्ध हुने बैंकको अपेक्षा छ।
नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार हाल देशभर १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन्।











प्रतिक्रिया