नर्भिक इन्टरनेशनल हस्पिटल र नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरमबिच सम्झौता

एनवाईईएफका कर्मचारी र सदस्यले नर्भिकमा उपचार गराउँदा विशेष छुट पाउने


काठमाडौं।

नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) र नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडबिच स्वास्थ्य सेवा प्रवाहमा सहकार्य गर्न सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार अब एनवाईईएफका कर्मचारी तथा सदस्यहरुले नर्भिकबाट विशेष सहुलियतमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् ।

नर्भिकको एम्बुलेन्स, आइपिडी, ओपिडी, आकस्मिक तथा आपतकालीन सेवा र ट्रमा लगायत आवश्यक स्वास्थ्य सेवा विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।
नर्भिकबाट स्वास्थ्य सेवा तथा सुविधा प्राप्त गर्न एनवाईईएफका कर्मचारी तथा सदस्यहरुसँग संस्थाको आधिकारी परिचयपत्र साथमा हुनुपर्ने छ ।

सम्झौता अनुसार नर्भिकबाट एनवाईईएफ र उनीहरुका परिवारका सदस्यहरु बुबा, आमा, पति–पत्नि र २ जना बालबालिकाले अस्पतालको बेड चार्ज, प्याथोलोजी र रेडियोलोजी सेवा तथा नर्भिकको कस्टुमाइज हेल्थ प्याकेजमा १० प्रतिशत र फार्मेसी सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।