काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत उपभोक्ताले विशेष पुरस्कारयुक्त क्यानमार्फत यामाहा मोटरसाइकल, स्कुटर र प्रोटोन कार जित्ने अवसर पाउनेछन्।


अभियोजनअनुसार १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्नेछन्। त्यस्तै, एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रूपमा प्रोटोन कार प्राप्त गर्ने कम्पनीले जनाएको छ।
ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गरिएको हो। कम्पनीका अनुसार देशभर विशेष पुरस्कारयुक्त क्यान वितरण गरिनेछ र त्यस्ता क्यान प्राप्त गर्ने उपभोक्ता नै विजेता बन्नेछन्।
दशैंको उत्साहलाई पुरस्कारसँग जोड्दै उपभोक्तासँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ।











प्रतिक्रिया