काठमाडौं ।
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई पाँचै वर्ष टिकाउन शुभकामना दिएका छन्।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै राईले सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने अवस्था आएको भन्दै प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराए। संसद्मा उठेका जनताका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट पर्याप्त रूपमा नआएको उनको गुनासो थियो।
राईले आगामी अधिवेशनमा सरकार र सत्तापक्षले प्रतिपक्षका आवाजलाई सम्बोधन गर्दै संसदीय अभ्यासलाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले सरकारलाई सत्ता र सरकार जोगाएर पाँचै वर्ष शासन गर्न शुभकामना दिए।
चालु अधिवेशनबाट आफू उत्साहका साथ निर्वाचन क्षेत्र फर्किन नसकेको बताउँदै उनले आगामी अधिवेशनसम्म सरकारको कार्यशैलीमा सुधार आउने अपेक्षा व्यक्त गरे।











प्रतिक्रिया