सिजीले ल्यायो दशैं–तिहार लक्षित ‘भरोसा नेपालीको, उत्सव दशैं–तिहारको’ योजना


काठमाडौँ।

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले बडादशैं तथा तिहारलाई लक्षित गर्दै ‘भरोसा नेपालीको, उत्सव दशैं–तिहारको’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।

सिजीको वार्षिक अभियान ‘एक्सपेरियन्स लाइफ विथ सिजी’ अन्तर्गत ल्याइएको योजनामा सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरण खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत विभिन्न उपहार जित्न सक्ने कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत हुने बम्पर लक्की ड्रका विजेताले भियतनाम वा मेघौली सेराई भ्रमणको अवसर प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक १५ दिनमा हुने लक्की ड्रमार्फत एक जना विजेताले पाँचवटा घरायसी उपकरणको बन्डल जित्न सक्ने व्यवस्था गरिएको छ।

योजनामा सहभागी हुन सिजीका स्मार्ट घरायसी उपकरण खरिद गरेपछि क्युआर कोड स्क्यान गरी लक्की ड्रका लागि दर्ता गर्नुपर्नेछ।

कम्पनीका अनुसार योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भएको हो। सिजीका उत्पादनहरू देशभर रहेका सिजी डिजिटल तथा एलजी ब्रान्डका शोरुम, आधिकारिक बिक्री केन्द्र र कम्पनीका आधिकारिक वेबसाइटमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

बिक्रीपछिको सेवाका लागि कम्पनीले ‘सिजी केयर्स’ एप तथा देशभर रहेका ४० वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ। ग्राहकले बिक्रीपछिको सेवासम्बन्धी जानकारी तथा सहयोगका लागि कम्पनीको टोल फ्रि नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

कम्पनीले सिजीले चार दशकभन्दा लामो समयदेखि नेपाली उपभोक्तालाई घरायसी तथा विद्युतीय उपकरण उपलब्ध गराउँदै आएको जनाएको छ।