‘गौरवता नेपाल’ अभियानको औपचारिक सुरुवात अक्टोबर १० मा, नेपथ्यको सांगीतिक कन्सर्ट हुँदै


काठमाडौं।

नेपाली कला, संस्कृति, भाषा, परम्परा तथा पहिचानलाई विश्वसामु प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘गौरवता नेपाल’ परियोजनाको औपचारिक सुरुवात आगामी अक्टोबर १० तारिखमा हुने भएको छ।

सन् २०१० मा ‘ससः द नेवाः’ हुँदै पछि ‘ससः त्वाः हस्पिटालिटी प्रा.लि.’ बाट सुरु भएको यात्रा अहिले ‘गौरवता नेपाल’ को फराकिलो अवधारणाका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।

परियोजनाको औपचारिक शुभारम्भको अवसरमा नेपालको चर्चित लोक–आधुनिक ब्यान्ड ‘नेपथ्य’ को भव्य सांगीतिक कन्सर्ट आयोजना गरिने भएको छ। सोही दिन ‘गौरवता नेपाल’ को आधिकारिक वेबसाइट GAURABTA.COM समेत औपचारिक रूपमा शुभारम्भ गरिने आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै आयोजकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिरोज सिंहले भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीलगायतका कठिन परिस्थितिका बाबजुद आफ्नो अभियानलाई निरन्तरता दिइएको उल्लेख गरे। देश, संस्कृति, भाषा र परम्पराप्रतिको माया र प्रतिबद्धताले आफूहरूलाई निरन्तर अघि बढ्न ऊर्जा दिएको उनको भनाइ छ।

‘हामी गौरवताका धनी छौँ, अझ अगाडि बढ्नेछौँ’ भन्ने मूल भावनासहित अभियानलाई अघि बढाइने आयोजकले जनाएको छ।

कार्यक्रममा उपस्थित पत्रकार तथा सञ्चारकर्मी, प्रायोजक संस्था तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै सिंहलेले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वभर प्रवद्र्धन गर्ने अभियानमा सबैलाई जोडिन आग्रह गरेको छ।

‘गौरवता नेपाल’ ले नेपालको समृद्ध सम्पदा संरक्षण गर्दै नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्य राखेको आयोजकको भनाइ छ।

आयोजकले सम्पूर्ण नेपालीलाई अभियानमा सहभागी हुँदै “हामी गौरवताका धनी छौँ, अझ अगाडि बढ्नेछौँ” भन्ने भावनाका साथ अघि बढ्न आह्वानसमेत गरेको छ।