टीभीएस एनटर्क १५० नेपालमा सार्वजनिक, मूल्य कति ?


काठमाडौं ।

टीभीएस मोटर कम्पनीले नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा नेपालकै पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटर टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ।

काठमाडौंको नक्सालमा आयोजित कार्यक्रममा नयाँ स्कुटर सार्वजनिक गरिएको हो। कार्यक्रममा जगदम्बा मोटर्स तथा टीभीएस मोटर कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी, सामग्री निर्माता, डिलर तथा अन्य सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा १०० भन्दा बढी सञ्चारकर्मी र ५० भन्दा बढी सामग्री निर्माता सहभागी भएका थिए।

१४९.७ सीसीको रेस–ट्युन गरिएको इन्जिनसहित सार्वजनिक गरिएको टीभीएस एनटर्क १५० ले उच्च प्रदर्शन, आधुनिक प्रविधि र आकर्षक डिजाइनलाई एउटै स्कुटरमा समेटेको कम्पनीले जनाएको छ।

६.३ सेकेन्डमै ६० किलोमिटर प्रतिघण्टाको गति

टीभीएस एनटर्क १५० मा १४९.७ सीसीको हावाबाट चिस्याइने ओ३सीटीईसी इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस शक्ति र ५ हजार ५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ।

कम्पनीका अनुसार स्कुटरले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति मात्र ६.३ सेकेन्डमा लिन सक्छ। यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ।

लडाकु विमानबाट प्रेरित डिजाइन

टीभीएस एनटर्क १५० को बाहिरी बनावट स्टेल्थ विमानबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। यसमा मल्टीपोइन्ट प्रोजेक्टर हेडलाइट, एरोडाइनामिक विङलेट, स्पोर्टी पछाडिको बत्ती, विशेष ध्वनि दिने मफलर, खुला ह्यान्डलबार तथा रंगीन एलोय चक्का राखिएको छ।

स्कुटरको अगाडिको भागलाई आक्रामक तथा आधुनिक स्वरूप दिइएको छ। मोटरसाइकल शैलीको खुला ह्यान्डलबार, जेट विमानबाट प्रेरित भेन्ट तथा एकीकृत विङलेटले यसको स्पोर्टी स्वरूपलाई थप आकर्षक बनाएको कम्पनीको भनाइ छ।

५० भन्दा बढी स्मार्ट सुविधा

टीभीएस स्मार्टएक्सोनेक्ट प्रविधिसहित आएको एनटर्क १५० मा ५० भन्दा बढी जडित सुविधा उपलब्ध छन्। यसमा पालोअनुसारको मार्ग निर्देशन, पार्किङ गरिएको अन्तिम स्थानको जानकारी, फोन तथा सन्देशको सूचना र विभिन्न सवारी मोडललगायतका सुविधा रहेका छन्।

कम्पनीका अनुसार यी सुविधाले नयाँ पुस्ताका चालकलाई सहज र आधुनिक सवारी अनुभव प्रदान गर्नेछ।

सुरक्षा र आराममा पनि ध्यान

सुरक्षालाई ध्यानमा राख्दै स्कुटरमा एकल च्यानल एबीएस र यस वर्गमै पहिलो ट्र्याक्सन कन्ट्रोल सुविधा राखिएको छ। यसका साथै आपत्कालीन बत्ती र ‘फलो मी’ हेडलाइटजस्ता सुविधा पनि उपलब्ध छन्।

आरामदायी यात्राका लागि टेलिस्कोपिक सस्पेन्सन, समायोजन गर्न मिल्ने ब्रेक लिभर, विशेष ई–जेड सेन्टर स्ट्यान्ड तथा २२ लिटर क्षमताको सिटमुनिको भण्डारण स्थान उपलब्ध रहेको कम्पनीले जनाएको छ।

टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष पेयमान कार्गरले प्रदर्शन, प्रविधि र विशिष्ट डिजाइनको संयोजनका कारण टीभीएस एनटर्कले विश्वभर बलियो उपस्थिति निर्माण गरेको बताए।

नेपालमा टीभीएस एनटर्क १५० सार्वजनिक गर्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले सन् २०१८ मा नेपालमा टीभीएस एनटर्क सार्वजनिक भएदेखि नै यसले नेपाली ग्राहकको विश्वास हासिल गर्दै आएको बताए। उनले देशव्यापी बिक्री, सेवा तथा स्पेयर पार्ट्सको सञ्जालमार्फत ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले एनटर्क १५० को सार्वजनिकसँगै प्रदर्शनमुखी स्कुटर रुचाउने नेपाली ग्राहकका लागि नयाँ अध्याय सुरु भएको बताए। उनले यसको उच्च प्रदर्शन, आधुनिक प्रविधि र आकर्षक डिजाइनले नेपाली बजारमा उत्साह थप्ने विश्वास व्यक्त गरे।

तीन रंगमा उपलब्ध

टीभीएस एनटर्क १५० नेपालभरका जगदम्बा मोटर्सका आधिकारिक डिलरमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ। स्कुटर स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रंगमा उपलब्ध छ।

यसको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

जगदम्बा मोटर्सले देशभर विस्तार भइरहेको डिलर सञ्जाल, सेवा केन्द्र तथा स्पेयर पार्ट्सको उपलब्धतामार्फत ग्राहकलाई बिक्रीपछिको सेवा प्रदान गर्दै आएको जनाएको छ।