काठमाडौँ।
एमजी मोटर नेपालको आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले चाडपर्वलाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘Drive More, Celebrate More’ नामक चाडपर्व अफर ल्याएको हो।
असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने उक्त योजनाअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ। अफरमा ग्राहकले निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, इजी एक्सचेन्ज तथा इजी फाइनान्सलगायतका सुविधा समेत प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार चाडपर्व अफरमा एमजीका विभिन्न हाइब्रिड तथा विद्युतीय मोडलहरू समावेश छन्। हालै नेपाली बजारमा सार्वजनिक गरिएको MG ZS Hybrid+ ले हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ।
त्यस्तै, MG S5 EV क्षमता र बहुउपयोगितालाई ध्यानमा राखेर तयार गरिएको ४x४ इलेक्ट्रिक पिकअपका रूपमा प्रस्तुत गरिएको छ। MG4 EV मा १८० kW मोटर, ADAS, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ।
त्यसैगरी, ग्राहकबीच लोकप्रिय MG Comet EV ४३.९९ लाख रुपैयाँदेखि उपलब्ध रहेको जनाइएको छ। ADAS तथा इन्डिपेन्डेन्ट रियर सस्पेन्सनसहितको यो मोडल आफ्नो सेग्मेन्टमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीको भनाइ छ।
एमजी मोटर नेपालले ग्राहकको आवश्यकता र रुचिअनुसार विभिन्न हाइब्रिड तथा विद्युतीय गाडीमध्ये उपयुक्त मोडल छनोट गर्न सक्ने जनाएको छ।
अफरमा सहभागी हुन तथा विभिन्न मोडलको मूल्य, सुविधा र योजनाबारे थप जानकारी लिन ग्राहकलाई नजिकको एमजी शोरुममा सम्पर्क गर्न पारामाउण्ट मोटर्स नेपालले आग्रह गरेको छ।











प्रतिक्रिया