एनआईसी एशिया बैंकद्वारा कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग


काठमाडौँ।

एनआईसी एशिया बैंकले कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाइ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

कैलालीको सेती मैयाँ चौधरी माध्यमिक विद्यालय र खक्रौलास्थित भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय, वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न बैंकले सहयोग गरेको हो । यस्तै, मकवानपुरको सामाजिक संस्था मामाघर नेपाल मकवानपुरलाई उक्त संस्थामा आश्रित सहारा आवश्यकता भएका बालबालिकाको बसाई अझ सहजताका लागि पनि बैंकले सहयोग गरेको छ ।

हाल १९६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत सेती मैयाँ चौधरी माध्यमिक विद्यालयमा एक थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको छ । ११७७ भन्दा धेरै विद्यार्थीहरु रहेको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई दुई थान ल्यापटप, पाँच थान डेस्कटप कम्प्युटर, एक थान प्रिन्टर र १०२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत भानुभक्त राष्ट्रिय आधारभूत विद्यालयलाई एक थान ल्यापटप र एक थान प्रिन्टर हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

त्यस्तै, बाबुआमा नभएका तथा सहारा आवश्यकता भएका २४ भन्दा धेरै बालबालिकालाई खाने बस्ने सुविधा सहित सहारा दिइरहेको मामाघर नेपाल मकवानपुरलाई आवश्यक खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।