इरान युद्धले बढायो अमेरिकाको सैन्य खर्च


काठमाडौं ।

इरानविरुद्ध जारी युद्धमा अमेरिकाको सैन्य खर्च अगस्ट १ सम्म ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। अमेरिकी संसद्को गैरदलीय बजेट कार्यालयका अनुसार युद्ध जारी रहेमा रक्षा विभागको मासिक खर्च ३ अर्ब डलर वा त्यसभन्दा बढी हुन सक्छ।

युद्धका कारण सन् २०२७ को पहिलो त्रैमासिकसम्म अमेरिकाको मुद्रास्फीति अघिल्लो अनुमानभन्दा करिब ०.५ प्रतिशत बिन्दुले बढ्न सक्ने कार्यालयले जनाएको छ। हर्मुज जलडमरूमध्यबाट तेल तथा ग्यास आपूर्तिमा आएको अवरोध र लाल सागरको समुद्री व्यापार प्रभावित हुनु यसको प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ।

युद्धमा क्षति भएका तथा नष्ट भएका हतियार र सैन्य उपकरण पुनःपूर्तिमा ठूलो रकम खर्च भइरहेको छ। यद्यपि सैनिकको मृत्यु वा घाइते तथा पूर्वसैनिकका दीर्घकालीन स्वास्थ्य र क्षतिपूर्तिसम्बन्धी खर्च भने उक्त ३८ अर्ब डलरको अनुमानमा समावेश छैन।