काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले विस्तारित ब्रिक्स सहकार्यलाई थप प्रभावकारी बनाउन पाँचवटा महत्वपूर्ण प्रस्ताव अघि सार्नुभएको छ।
भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन उहाँले कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन र प्रतिभा विकासका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो।
राष्ट्रपति सीले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न व्यवहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। साथै, उदीयमान बजार र ग्लोबल साउथसँगको निकट सम्बन्धलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उहाँको भनाइ छ।
औद्योगिक तथा आपूर्ति शृंखलालाई स्थिर र निर्बाध राख्दै एकीकृत बजारको विकास गर्नुपर्नेमा जोड दिँदै सीले नवप्रवर्तनका लागि इन्क्युबेटर स्थापना, परम्परागत उद्योगको स्तरोन्नति, उदीयमान उद्योगको विकास तथा भविष्यका उद्योगका लागि दूरदर्शी योजना आवश्यक रहेको बताउनुभयो।











प्रतिक्रिया